• काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदूरलाई उद्धार गरी नेपाल ल्याएको छ ।

    रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदूरलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । उद्धार गरिएकामध्ये सिरहाका २१ जना र धनुषाका सात जना मजदूर रहेका छन् ।

    मानव बेचबिखन नियन्त्रण समितिले सबैलाई घर–घर पठाउने छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो । प्रधानमन्त्री ओलीले उद्धार कार्यलाई सफल बनाएकोमा मन्त्रालयका सचिव दिनेश भट्टराईसहितको टोलीलाई धन्यवाद दिएका छन् ।