

-
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को सूचना नआएसम्मका लागि रातिको समयमा गाडी चलाउन रोकिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सबैखालका गाडीको आवतजावत बन्द गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए । उनका अनुसार आज बिहानैदेखि मर्मतको काम भइरहेको छ । सकेसम्म छिट्टै काम सकेर भोलिदेखि नै पूर्णरुपमा खुलाउने तयारी भइरहेको छ । बाटो बन्द गरिएको समयमा अत्यावश्यक गाडीले मर्मतको काम भइरहेको ठाउँमा खटिएका प्राविधिकसँग बुझेर यात्रा गर्न सक्ने पनि प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिए ।
हिउँदे खोला खण्डमा सडक भासिएको छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको काम हुँदै आएको छ । त्यहि ठाउँमा दुई वर्ष अघि पनि सडक भासिएर एक हप्तासम्म गाडी चलाउन समस्या भएको थियो ।
News Desk 0 response बुधबार, साउन ९, २०८१


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२