

-
काठमाडौं : शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७८ साल चैत १७ गते झन्डै २४ अङ्कले घटेर दुई हजार पाँच सय ४४ विन्दुमा झरेको नेप्से परिसूचक त्यसयता ओरालो लाग्दै आएको थियो ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज बोटलर्स नेपाल ९बालाजु०, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै ६ प्रतिशतले घटेको छ ।
आज तीन सय १७ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्स र अपी पावर कम्पनीका २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
News Desk 0 response मङ्लबार, साउन ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



