

-
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा काटेको बिजुली आजदेखि जोड्ने भएको छ । प्राधिकरणको बोर्ड बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको बिजुली उपभोग गरेर बक्यौता नबुझाएका ६ वटा उद्योगमा काटिएको बिजुली आजदेखि जोडिदिने निर्णय गरेको हो ।
उद्योगहरूलाई बक्यौता रकम बुझाउन प्राधिकरणले तीन महिनाको समय दिएको छ । तीन महिनाभित्र उद्योगीहरूले बक्यौता भुक्तानी नगरेमा फेरि कारबाही प्रक्रिया शुरु गर्ने विद्युत् नियमन आयोगको निर्देशनअनुसार आजदेखि बिजुली जोड्न थाल्ने प्राधिकरणले जनाएको छ ।
बिजुली महसुल नतिरेको भन्दै प्राधिकरणले गएको असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल्स, जगदम्बा सेन्थेटिक्स र हुलास स्टिल्स गरी ६ वटा उद्योगको लाइन काटेको थियो । आजको बोर्डको बैठकमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका थिए ।
उद्योगहरूको बिजुली काटिएको विषयमा प्रतिनिधि सभाको बैठकमा पनि तीन दिनदेखि पक्ष र विपक्षमा बहस भइरहेको छ । उद्योगीहरूले तिर्नुपर्ने झन्डै साढे आठ अर्ब रुपैयाँ सरकारले मिनाहा गर्न खोजेको माओवादीको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने उद्योगीहरूले उपभोग नगरेको बिजुलीको महसुल तिराउन खोजेको भन्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति संसद्को रोस्ट्रमबाटै आक्रोश पोख्दै आएका छन् ।
गएको शुक्रवार नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा बिजुली जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए । तर विद्युत् प्राधिकरणले लिखित निर्देशन नआएसम्म लाइन जोड्न आनाकानी गरेको थियो ।
आमनागरिक दैनिक १८ घण्टासम्म लोडशेडिङमा बस्नुपरेका बेला केही उद्योगहरूले डेडिकेडेट फिडर र ट्रङ्क लाइनमार्फत चौबीसै घण्टासम्म बिजुली उपभोग गरेका थिए । त्यसरी बिजुली उपभोग गर्दा ६५ प्रतिशतसम्म प्रिमियम शुल्क लिने नियम छ । अहिले उद्योगहरूले प्रिमियम शुल्क नतिर्ने अडान लिँदै आएका छन् । विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद जारी छ । अदालत, संसद्को लेखा समिति, अख्तियार लगायतका निकायबाट विद्युत् प्राधिकरणलाई उद्योगहरूबाट बक्यौता उठाउन बाटो खुला भइसकेको छ ।
News Desk 0 response मङ्लबार, साउन ८, २०८१


सम्बन्धित शीर्षकहरु
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२ -
जम्मू–कश्मीर आक्रमणको निष्पक्ष जाँचका लागी सहयोग गर्न..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
छ जना डीआईजीको एआईजीमा बढुवा
बिहिबार, बैशाख ४, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२