

-
काठमाडौं : स्थानियको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले केहि समयका लागि न्यूरोडमा फुटपाथ विस्तार गर्ने कार्य स्थगित गर्ने भएको छ । महानगरपालिका र न्यूरोडका स्थानियबीच सहमति भएसँगै निर्माण कार्य मंसिर २ गतेसम्मका लागि स्थगित भएको हो ।
सोमबार महानगरको कार्यालयमा मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीच छलफल भएको थियो ।
केहि दिनयता काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने कार्य थालेपछि वडा नं २२का स्थानीयबासीले विरोध गर्दै आन्दोलन गरिरहेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि मेयर बालेन समेत बसेर छलफल गरिएको थियो जसपश्चात मंसिर २ गतेसम्म काम रोक्ने सहमति भएको छ।
अहिले तत्काल काम रोकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको काठमाडौँ महानगरपालिका २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले बताएका छन् ।
यसैगरी, वडा नं २४मा फुटपाथ विस्तार भइसकेकाले यसका असरका बारेमा अब अध्ययन गरिने भएको छ । तर नम्बर वडा नं २२ र २३मा सबै वस्तुस्थिति अध्ययन गरेपछि मात्र निचोड आउने र सोहि आधारमा मात्र अघि बढ्ने सहमति भएको हो।
News Desk 0 response सोमवार, साउन ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


