

-
काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ ।
नेप्से झन्डै २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साल चैत २२ गते साढे ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ विन्दुमा झरेको नेप्से त्यसयता यो विन्दुमा पुग्न सकेको थिएन ।
आज सबै समूहको शेयर बढेकोमा होटल, व्यापार, उत्पादन, बीमा, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज तीन सय १५ वटा कम्पनीका ४ करोड ११ लाख कित्ता शेयर १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँमा कारोबार भएको छ ।
News Desk 0 response आइतवार, साउन ६, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



