• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भएको तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आज आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ प्रमाणीकरण गरेका हुन्।

    यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएका राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिएका राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।