

-
सन् २०२४ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले बढेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले आज सार्वजनिक गरेको तथ्याङ्कले जीडीपी ५ प्रतिशतले बढेको देखाएको छ ।
जनवरीदेखि जुनसम्मको ६ महिनामा चीनको जीडीपी ८० खर्ब ६५ अर्ब अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर पछिल्लो तीन महिनामा भने जीडीपी ४ दशमलव ७ प्रतिशतले मात्रै बढेको खबरमा उल्लेख छ ।
दोस्रो त्रैमासिक अवधिमा चीनको जीडीपी लक्ष्यअनुसार नबढ्नु ठूलो धक्का भएको पश्चिमा देशका सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले लामो समयदेखि घरजग्गा सङ्कट, स्थानीय सरकारको ऋण, कम उपभोग र उच्च बेरोजगारीको सामना गरिरहेको छ ।
यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । यो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो बैठकका रूपमा चिनिन्छ ।
बैठकले देशको अर्थतन्त्र, सन्तान नीति, विदेश नीतिलगायतका विषयमा छलफल गरेर निष्कर्ष निकाल्नेछ । ३ सय ७० जनाभन्दा धेरै वरिष्ठ नेता र केन्द्रीय सदस्य रहेको बैठकको अध्यक्षता चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका छन् ।
News Desk 0 response सोमवार, असार ३२, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



