

-
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदै छन्। संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने कार्यक्रम छ ।
नेपाली कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने कांग्रेस र एमालेको तयारी छ । यसको लागि आज बिहानैदेखि नेताहरु छलफलमा जुटेका छन् । दुई दलबीच एमालेले प्रधानमन्त्रीसहित सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने तयारी छ ।
कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्ने र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने निश्चितजस्तै भएको नेताहरुको भनाइ छ । नेताहरुका अनुसार कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालय लिनेछ ।
एमालेले अर्थ, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालय लिने प्रारम्भिक समझदारी बनेको छ । तर, अन्तिम टुङ्गो भने लाग्न बाँकी छ ।
कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल, अजय चौरासिया, जीवन परियार, किशोरसिंह राठौर, बद्री पाण्डे, तेजुलाल चौधरी, रामनाथ अधिकारी, हृदयराम थानी र दीपक खड्का तथा एमालेबाट योगेश भट्टराई, गोकुल बाँस्कोटा, जुली महतो, विद्या भट्टराई, दामोदर भण्डारी, पदम गिरी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, ऋषिकेश पोखरेल र एलपी सावाँ लिम्बु मन्त्रीका दाबेदार छन् ।
News Desk 0 response सोमवार, असार ३२, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



