

-
काठमाडौं : बितेका दुई हप्तादेखि कष्टपूर्ण भइरहेको सडक यात्राकाबीच हिजो दुई वटा बस त्रिशूलीमा खसेपछि यात्रा सुरक्षाबारे चिन्ता बढेको छ । सडक विभागकाअनुसार मनसुन भित्रिएलगत्तै विभिन्न सडकहरुमा अबरोध शुरु भएको हो ।
मनसुन भित्रिए यता बाढीपहिरोले दुई सय ५८ वटा सडकमा क्षति पुगेको छ । तीमध्ये एक सय २० वटा सडक सञ्चालनमा आएका छन् । त्यस्तै, एक सय २२ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका छन् भने १६ वटा अवरुद्ध छन् । यी राजमार्ग अन्तर्गत बाहेका अरु ग्रामिण सडकहरुको अबस्था झनै कष्टपूर्ण छ ।
राजमार्गहरुमा अवरोध पन्छाउन चाँडै प्रयास हुने भए पनि अन्य सडकमा लामो समय अबरोध रहन्छ । बाढी र पहिरोका कारण यात्रा जोखिमपूर्ण छ भने अबरोध हुँदा घण्टौँसम्म सडकमै बस्नुपर्छ । भू–विपद् विशेषज्ञ रञ्जनकुमार दाहाल नारायणगढ–मुग्लिन लगायतका धेरै सडक पर्याप्त भौगोलिक अध्ययन नगरी बनाएका कारण जोखिमपूर्ण रहेको बताउँछन् ।
भीर काटेर बनाइएका सडकमा जोखिम हुने भएकोले अत्यधिक पानी परेको बेला सडक बन्द गर्नु उचित हुने उनको सुझाव छ । अत्यधिक पानी पर्दा के–कस्तो समस्या आउँछ भन्ने विषयमा दाहालले अध्ययन पनि गरे । सामाजिक सञ्जालमा लेख्दै उनले एक घण्टामा एक सय ५० मिलिमिटर भन्दा बढी पानी परेमा मुग्लिन–नारायणगढ सडक बन्द गर्नुपर्ने बताए ।
News Desk 0 response शनिबार, असार ३०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


