

-
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ। महाशाखाकाअनुसार अहिले मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग आसपास रहेको छ । अब यो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
यस्तै, आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले हिजो बेलुका मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो ।
आजदेखि तीन दिनसम्म कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै ठाउँमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैबीच, गएराति बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पोखराको लाम्पाटनमा १ सय ३८ मिलिमिटर पानी परेको छ ।
यस्तै, लमजुङ, पर्वत, तनहुँ, चितवन, गोरखा, नवलपुर, रुपन्देही, दाङ, गुल्मी, पाल्पा, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परेको छ । अहिले झापाको विरिङ खोला सतर्कता आसपास रहेकोले स्थानीयलाई सचेत हुन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
News Desk 0 response बिहिबार, असार २८, २०८१


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१