

-
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गरेका छन् । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिनको लागि युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गरेका हुन् ।
गएको सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको आक्रमणमा ४१ जना भन्दा धेरैको ज्यान गएपछि अमेरिकासहित नेटोका देशहरुले युक्रेनलाई थप सहयोग गर्ने वाचा गरेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अबको सहयोग प्याकेजमा प्याट्रियट मिसाइल र कम्पोनेन्टसहित हवाई रक्षाका उपकरण समावेश हुने बताए ।
जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटाली लगायतका पाँच वटा देशले यस वर्षको अन्त्यसम्ममा हवाई रक्षा प्रणाली सहयोग गर्न सक्ने बताइसकेका छन् । अमेरिकी अधिकारीहरूकाअनुसार बेलायत, क्यानडा, नर्वे र स्पेन लगायतका अन्य मित्र राष्ट्रहरूले पनि अबको केही महिनामै युक्रेनलाई दर्जनौँ अन्य सामरिक वायु रक्षा प्रणालीहरू प्रदान गर्नेछन् ।
नेटो सम्मेलनमा सम्बोधनका क्रममा सबैजसो देशका नेताहरुले रुसलाई रोक्न नसकेमा युक्रेन मात्रै नभएर पुरै पश्चिमा देशको लागि खतरा नजिकै आइरहेको बताएका रोयटर्सको खबरमा उल्लेख छ ।
नेटोमा ३२ वटा देश सदस्य रहेकोमा युक्रेनलाई पनि सदस्य बनाउने तयारी चलिरहेको छ । तर युक्रेनलाई नेटोमा सहभागि गराउने विषयकै कारण रुसले आक्रमण थालेकाले यो विषय थप जटिलतातर्फ गइरहेको विज्ञहरुले बताएका छन् ।
News Desk 0 response बुधबार, असार २७, २०८१


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२