

-
काठमाडौं : यातायात व्यवस्था विभागका १५ जनाविरुद्द मुद्दा दायर भएको छ । नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्द काठमाडौं जिल्ला अदालतमा लिखित सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले उनीहरू विरूद्ध फर्जी विवरण राखेर नक्कली लाइसेन्स वितरण गरेको भन्दै मुद्दा दायर गरेको हो ।
यसअघि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस विषयमा अनुसन्धान गरेको थियो । उनीहरुले झण्डै ३०० वटा नक्कली लाइसेन्स वितरण गरेको खुलेको छ । यद्धपी प्रहरीले अहिलेसम्म मुद्दा दायर गरिएकोमध्ये ६ जनालाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरूमाथि अनुसन्धान गर्न पत्राचार गरिसकेको छ ।
मुद्दा दायर भएकामध्ये यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेल रहेका छन् ।
यसैगरी, यातायात व्यवस्था कार्यालय, कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध पनि मुद्दा गरिएको छ ।
अनुसन्धानका क्रममा आरोपीहरुले ढड्डामार्फत वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्रको अभिलेख इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा सार्दा अर्कै विवरण राख्ने र नक्कली लाइसेन्स वितरण गरेको पाइएको छ । यस कामका लागि सरकारी कर्मचारीहरूले पनि धेरै रकम असुल्ने गरेको खुलेको हो।
News Desk 0 response मङ्लबार, असार २६, २०८१


सम्बन्धित शीर्षकहरु
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२ -
जम्मू–कश्मीर आक्रमणको निष्पक्ष जाँचका लागी सहयोग गर्न..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
छ जना डीआईजीको एआईजीमा बढुवा
बिहिबार, बैशाख ४, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२