

-
काठमाडौं : गएको शुक्रवार रातिदेखि अति सक्रिय बनेको मनसुनी वर्षाले पछिल्लो २४ घण्टामा विशेषगरी सुदूरपश्चिम प्रदेशमा क्षति पुर्याएको छ । पश्चिमी क्षेत्रमा ठूलो वर्षासँगै डुबान र पहिरोका घटना भएका गृह मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरको दोधारामा २४ घण्टामै पाँच सय ८८ मिलमिटर वर्षा भएको छ । यो वर्षा नेपालमा बर्षा मापन शुरु भएको ७७ बर्षे इतिहासमा २४ घण्टामा परेको सबैभन्दा धेरै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कञ्चनपुरकै हनुमाननगरमा पाँच सय ५८ मिलिमिटर र सुन्दरपुरमा चार सय नौ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका बासिन्दा बढी प्रभावित भएका छन् । बाढीका परेर कञ्चनपुरको पुनर्वास नगरपालिका–५, रातोखालीका १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको ज्यान गएको छ । एक जना किशोरी हराइरहेकी छन् ।
यस्तै कञ्चनपुरकै कृष्णपुर नगरपालिका–१, पहरियामा सात महिनाका बालकको घरभित्र पसेको बाढीमा डुबेर मृत्यु भएको छ । बेल्डाँडी गाउँपालिका–३, वैवाहका २३ वर्षीय डम्बर चौधरी हराइरहेका छन् । सुदुरपश्चिमका पाँच जिल्लामा गरी दुई हजार पाँच सयभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारेको र ३९ जनाको उद्धार गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।
यसैबीच आजदेखि मनसुन विस्तारै निष्कृय हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब देशका सबैजसो भू–भागमा वर्षा कम हुने विभागको अनुमान छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जान थालेकोले देशको मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।
विभागका अनुसार पछिल्लो तीन घण्टादेखि मध्य र पश्चिम क्षेत्रमा वर्षा निकै कम भएको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । सर्लाही लगायतका जिल्लाका केही ठाउँमा अत्यधिक वर्षा भइरहेको र वर्षा भएका धेरैजसो ठाउँमा भने सामान्य वर्षा नै रहेको विभागले जनाएको छ । लामो समय वर्षा भएकोले सामान्य वर्षामा पनि विपद्का घटना हुनेतर्फ भने सचेत रहन विभागले अनुरोध गरेको छ ।
News Desk 0 response सोमवार, असार २५, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


