• काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।