

-
काठमाडौं : निरन्तरको वर्षासँगै आएको बाढीका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गएराति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ ।
यस्तै ६० मेगावाटको माथिल्ला त्रिशुली थ्री ‘ए’ र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन बन्द भएको छ । समग्रमा विद्युत प्राधिकरण र यसका सहायक कम्पनीबाट उत्पादन हुने पाँच सय २६ मेगावाट जलविद्युत उत्पादन बन्द भएको छ ।
यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट विजुली उत्पादन बन्द भएको छ ।
यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’ सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशुली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
विभिन्न आयोजनाको विद्युत उत्पादन प्रभावित हुँदा पनि बिजुली अपुग भने नहुने प्राधिकरणले जनाएको छ । अहिले विद्युत प्राधिकरण र निजी क्षेत्रको गरेर दुई हजार दुई सय सात मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । देशमा अहिले अधिकतम एक हजार सात सय १० मेगावाट बिजुली खपत भइरहेको छ । छ सय ४१ मेगावाट बिजुली भारततर्फ निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।
News Desk 0 response शनिबार, असार २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


