

-
काठमाडौं : नेकपा एमालेले विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । हिजो बसेको एमालेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन पहलसँगै सबै राजनीतिक दललाई अबको सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा भएको सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ । तर अहिलेको सरकारमा रहेका एमालेका मन्त्री कहिले फिर्ता हुन्छन् भन्नेमा उनले जवाफ दिएनन् ।
एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस–एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतको सामना गरेर अघि बढ्ने धारणा राखेका हुन् ।
बैठकमा पार्टीका नेताहरुले पनि लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरुसँग कुराकानी अघि बढाउने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
News Desk 0 response बुधबार, असार २०, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



