

-
काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ । फरार रहेका २६ जनासमेत गरी ४६ जनालाई प्रतिवादी बनाएर सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
सीआईबीले प्रतिवादीहरूबाट दुई खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ । पक्राउ परेकाहरूलाई सङ्गठित अपराध, सुनको अवैध तस्करीलगायतमा सजाय माग गरिएको छ ।
‘ब्रेक शु’ मार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ ले पुनः फाइल खोलेको थियो ।
यसैबीच सीआईबीले पाँच वटा नक्कली कम्पनीमार्फत ‘ब्रेक शु’ र विद्युतीय सामानमा लुकाएर झन्डै ३२ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
२०८० सालको साउन २ गते स्कुटरको ‘ब्रेक शु मा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट बरामद भएपछि अनुसन्धान थालेको सीआईबीले त्यही समूहले ुब्रेक शुु मा लुकाएर ३ सय ६२ किलो ७ सय ७८ ग्राम र अरू विद्युतीय सामानमा लुकाएर २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम सुन तस्करी गरेको खुलेको हो । यो सुनको अहिलेको मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँभन्दा धेरै पर्छ ।
यसअघि प्रहरीले २ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित असोज ३१ गते २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
News Desk 0 response सोमवार, असार १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


