

-
काठमाडौं : कोपा अमेरिका फुटबलको समूह ‘ए अन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोलले हराएको छ । यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको साविक विजेता अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको छ ।
आज बिहान हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले खेलको ४७ र ८६ औँ मिनेटमा दुई गोल गरे । अर्जेन्टिनाले तीन खेलमा नौ अङ्क जोडेको छ ।
यस्तै आजै बिहान भएको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेलेका छन् । इन्टर एण्डको स्टेडियममा भएको खेलमा कुनै पनि गोल नभएपछि खेल बराबरीमा टुङ्गिएको हो ।
यो समूहबाट तीन खेलमा चार अङ्क जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ । दुई अङ्क जोडेको चिली र एक अङ्क रहेको पेरु प्रतियोगिताबाट बाहिरीएका छन् ।
भोलि बिहान समूह ‘बी’ का मेक्सिको र इक्वेडर तथा जमैका र भेनेजुयला खेल्दैछन् । समूह ‘बी’ को भेनेजुएला, ‘सी’को उरुग्वे र ‘डी’ को कोलम्बिया पनि एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।
News Desk 0 response आइतवार, असार १७, २०८१

सम्बन्धित शीर्षकहरु
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


