

-
काठमाडौं : प्रतिनिधि सभाबाट तीन वटा विधेयक पारित भएको छ । प्रतिनिध सभाको आजको बैठकमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ बहुमतले पारित भएको हो ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक विधेयक २०८१ लाई पारित गरियास् भन्ने प्रस्ताव बहुमतबाट पारित भयो । यो विधेयकमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल, डाक्टर प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवम् लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए ।
त्यसअघि यो विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
यस्तै बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गरेका ‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भयो । यो विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। उनले राखेका संशोधन प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए ।
यस्तै बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गरेका भन्सार महसुल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भयो । यो विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनले राखेका संशोधन प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए ।
News Desk 0 response आइतवार, असार १७, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


