

-
विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वभरका मानिसहरू यसको संरक्षणका लागि कडा मेहनत गरिरहेका बताएको बीबीसीले जनाएको छ । यो प्रतिवेदनमा विश्वका झन्डै दुई सय वटा देशको धार्मिक अवस्थाको मूल्याङ्कन गरिएको र अहिले करोडौँ मानिसले धार्मिक स्वतन्त्राको सम्मान नगर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार भारतमा धार्मिक अल्पसङ्ख्यक समुदायका घर तथा पूजास्थलहरू भत्काउने घटना बढेको छ । यस्तै प्रतिवेदनले भारतको धर्म परिवर्तन विरोधी कानुनको बारेमा पनि चिन्ता व्यक्त गरेको खबरमा उल्लेख छ ।
यसअघि प्रकाशित प्रतिवेदनमा पनि यस्तै कुरा भनिएको थियो । यद्यपि भारतले यसअघि नै यस्ता समाचारलाई अस्वीकार गर्दै आएको छ । यसअघिको विज्ञप्तिमा भारतको विदेश मन्त्रालयले यो प्रतिवेदन प्रकाशित गर्ने आयोगलाई पक्षपाती भएको बताएको थियो ।
प्रतिवेदनका अनुसार सन् २०२३ मा भारतमा धार्मिक स्वतन्त्रताको अवस्था खराब रहेको थियो । भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको सरकारले विभेदकारी राष्ट्रवादी नीतिलाई बढावा दिँदा समाजमा घृणा बढेको उल्लेख छ ।
प्रतिवेदनका अनुसार भारतमा यूएपीए, एफसीआरए, सीएए, धर्म परिवर्तन र गौहत्या विरोधी कानुनका कारण धार्मिक अल्पसङ्ख्यक र उनीहरूका वकिलहरूलाई निशाना बनाइएको छ ।
यस्तै प्रतिवेदनमा सन् २०२३ को जुन महिनामा मणिपुर राज्यमा भएको हिंसा, सरकारले कश्मिरी पत्रकार, धार्मिक नेता र मानव अधिकार पक्षधरहरूलाई हिरासतमा राखेको कुरा पनि उल्लेख छ ।
News Desk 0 response बिहिबार, असार १४, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


