

-
१२ असार, विराटनगर । भारी वर्षाले मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।
विराटनगर १२ को सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुवानमा परेको वडा अध्यक्ष हिरालाल कामतले बताए । डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए ।
वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार बिहानबाट परेको वर्षाले विशाल चोक, सम्झना चोक, पृथ्वी चोक लगायत धेरै स्थान जलमग्न भएका छन् । अध्यक्ष न्यौपानका अनुसार ३ सय बढी सर्वसारधाणको घरमा पानी पसेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ को राजवंशी चोक आसपास पनि परेको पानी बस्तीमा पसेको छ ।बाढी प्रभावितलाई राख्नका लागि वडाभित्रका विद्यालय तथा सामुदायिक भवनलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
बस्तीमा बाढी नपसेको तर वर्षाको पानीले निकास नपाउँदा जलमग्न भएको प्रहरीले जनाएको छ । कोशी राजमार्गको मुनालपथ खण्ड पनि पानीले निकास नपाउँदा जलमग्न छ ।
मोरङको हरैंचा स्टेसनमा गत २४ घण्टाको अवधिमा ९५ मिलिमिटर र लेटाङमा ३८.६ मिलिमिटर वर्षा मापन भएको छ ।
२४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा झापाको केचनामा १५४ मिलिमिटर र कास्कीको लामापाटनमा १४८ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ ।
ठाउँ–ठाउँमा भारी वर्षा गराउने वादल विकसित भएकाले थप वर्षा हुने सम्भावना छ । त्यसले क्षति पुर्याउन सक्ने भन्दै पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
चितवनको गोविन्दबस्तीमा एक घण्टामै झण्डै ३४ मिलिमिटर वर्षा
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने चितवनको गोविन्द बस्ती स्टेसनमा रेकर्ड भएको छ । त्यहाँ ३३.८ मिलिमिटर वर्षा मापन भएको छ । चितवनकै कल्याणपुरमा २३.२ मिलिमिटर वर्षा भएको छ ।
गोविन्दबस्तीपछि सबैभन्दा धेरै वर्षा यस्तै नवलपरासीको डण्डामा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
महोत्तरीको गौशालामा २१.२, पोखराको लामपाटनमा १८.८, कञ्चनपुरको शान्तिपुरमा ११.६ र सोलुखुम्बुको पेकरनास स्टेसनमा ११.४ मिलिमिटर वर्षा एक घण्टाको अवधिमा भएको छ ।
News Desk 0 response बुधबार, असार १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


