

-
चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको पृथ्वीतर्फ नफर्किने भागबाट माटो र पत्थरका नमूना ल्याएको छ । आज मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको यानले चन्द्रमामा यसअघि अन्वेषण नगरिएको क्षेत्रबाट माटो र पत्थरका दुर्लभ नमूनाहरू सङ्कलन गरेर ल्याएको बीबीसीले जनाएको छ ।
५३ दिन लामो यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्षयान ‘चाङ्ग अ सिक्स’ पृथ्वीमा फर्किएको हो । चन्द्रमाबाट सङ्कलन गरिएका ती नमूनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ । त्यहाँ बरफ हुन सक्ने भएकाले त्यसबाट पानी, अक्सिजन र हाइड्रोजन निकाल्न सकिने सम्भावना रहेको वैज्ञानिकहरू बताउँछन् ।
‘चाङ्ग–अ सिक्स’ चीनले चन्द्रमामा पठाएको छैटौँ र चन्द्रमामाको पृथ्वीबाट नदेखिने भागमा पठाएको दोस्रो अभियान हो । सुदूर भाग भनिने चन्द्रमाको अदृश्य भागमा अहिलेसम्म चीन मात्रै पुगेको छ । त्यो भाग कहिल्यै पनि पृथ्वीपट्टि फर्किँदैन । अन्तरिक्षयानलाई त्यहाँ पुग्न दूरी र त्यहाँको अप्ठ्यारो धरातलका कारण प्राविधिक चुनौती हुने वैज्ञानिकहरू बताउँछन् । त्यो भागमा ठूल्ठूला खाडलहरू र थोरै समथर जमिन छ ।
चिनियाँ मिथकमा चन्द्रमा देवी हुन् र उनको नाम ‘चाङ्ग अ’ हो । त्यही नामबाट चीनले अन्तरिक्ष अभियान चलाइरहेको छ । चीनले सन् २०३० भित्र मानवसहितको अन्तरिक्षयान चन्द्रमामा पुर्याउने लक्ष्य राखेको छ ।
News Desk 0 response मङ्लबार, असार १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



