

-
चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको पृथ्वीतर्फ नफर्किने भागबाट माटो र पत्थरका नमूना ल्याएको छ । आज मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको यानले चन्द्रमामा यसअघि अन्वेषण नगरिएको क्षेत्रबाट माटो र पत्थरका दुर्लभ नमूनाहरू सङ्कलन गरेर ल्याएको बीबीसीले जनाएको छ ।
५३ दिन लामो यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्षयान ‘चाङ्ग अ सिक्स’ पृथ्वीमा फर्किएको हो । चन्द्रमाबाट सङ्कलन गरिएका ती नमूनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ । त्यहाँ बरफ हुन सक्ने भएकाले त्यसबाट पानी, अक्सिजन र हाइड्रोजन निकाल्न सकिने सम्भावना रहेको वैज्ञानिकहरू बताउँछन् ।
‘चाङ्ग–अ सिक्स’ चीनले चन्द्रमामा पठाएको छैटौँ र चन्द्रमामाको पृथ्वीबाट नदेखिने भागमा पठाएको दोस्रो अभियान हो । सुदूर भाग भनिने चन्द्रमाको अदृश्य भागमा अहिलेसम्म चीन मात्रै पुगेको छ । त्यो भाग कहिल्यै पनि पृथ्वीपट्टि फर्किँदैन । अन्तरिक्षयानलाई त्यहाँ पुग्न दूरी र त्यहाँको अप्ठ्यारो धरातलका कारण प्राविधिक चुनौती हुने वैज्ञानिकहरू बताउँछन् । त्यो भागमा ठूल्ठूला खाडलहरू र थोरै समथर जमिन छ ।
चिनियाँ मिथकमा चन्द्रमा देवी हुन् र उनको नाम ‘चाङ्ग अ’ हो । त्यही नामबाट चीनले अन्तरिक्ष अभियान चलाइरहेको छ । चीनले सन् २०३० भित्र मानवसहितको अन्तरिक्षयान चन्द्रमामा पुर्याउने लक्ष्य राखेको छ ।
News Desk 0 response मङ्लबार, असार १२, २०८१

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


