• काठमाडौं : ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ ।

    महानगरकी उपमेयर मञ्जली शाक्यले आज नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । बजेटमा चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

    यो बजेट चालू आर्थिक वर्षको भन्दा १५ प्रतिशतले बढी हो । महानगरले चालू आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।