

-
युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करको विषयमा बर्ता शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे ईयू र चीनका व्यापार प्रमुखबीच छलफल शुरु भएको एएफपीले जनाएको छ । यसअघि ईयूले अर्को महिना जुलाईदेखि चिनियाँ विद्युतीय कार आयातमा ३८ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको थियो ।
चीन र युरोपेली सङ्घ (ईयू) ले बर्सेनि अर्बौ डलरको व्यापार गर्ने गरेका छन् । पछिल्लो समय ईयूले चीनबाट आउने विद्युतीय कारमा अतिरिक्त महसुल लगाउने प्रस्ताव गरेपछि चीनले त्यसको प्रतिकार गर्ने र दुई पक्षबिच व्यापार युद्ध भड्किने स्थिति उत्पन्न भएको थियो ।
चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओ र ईयूका व्यापार आयुक्त भाल्दिस डम्ब्रोभ्स्कीसले चीनबाट आयातित विद्युतीय गाडीमा अतिरिक्त महसुल लगाउने ईयूको योजनाबारे वार्ता गर्ने चीनको वाणिज्य मन्त्रालयले जनाएको हो । युरोपेली आयोगले चीनबाट आयात गर्ने विद्युतीय कारमा अहिलेको विद्यमान १० प्रतिशत करमाथि अर्को ३८ प्रतिशतसम्म अतिरिक्त महसुल थप्ने प्रस्ताव गरेका थिए ।
News Desk 0 response सोमवार, असार ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


