

-
काठमाडौँ, ९ असार : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ । आज वित्त समूह पाँच दशमलव ४९ र अन्य समूह शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव २३ र होटल तथा पर्यटन समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।
रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ५८ र सनराईज ब्लुचिप फन्डको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको रु १७ करोड १३ लाख ५२ हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको तीन लाख नौ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।
News Desk 0 response आइतवार, असार १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



