

-
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले आगामी आर्थिक वर्षको बजेट भदौदेखि कार्यान्वयन गर्ने बताएकी छन् ।
नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण कार्यक्रममा उनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भदौबाट कार्यान्वयन गर्ने बताएकी हुन् ।
‘बजेट पास गरेर ६ महिनासम्म कामै नगरी बस्ने, आधा वर्ष गइसकेपछि बजेट कार्यान्वयन गर्ने प्रवृत्ति छ,’ उनले भनिन्, ‘यो वर्ष भदौदेखि नै बजेट परिचालन गर्नुपर्छ ।’
बजेट कार्यान्वयन भन्दा मागको प्रवृत्ति बढेको उनले बताएकी छिन् । ‘भएको बजेट खर्च नगर्ने, बजेट पुगेन भनेर माग मात्रै गर्छौं,’ उनले भनिन्, ‘रकम खर्च भएमा, काम गरेको देखिएमा हामीलाई पनि बजेट पुगेन रकम थप गर्नु पर्यो भनेर माग गर्न सजिलो हुन्छ ।’ रकम खर्च हुन नसक्दा आगामी आर्थिक वर्षका लागि रासायनिक मलको बजेट घटेको उनले बताइन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि मलको अनुदान रकम घटाएको छ । मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट विनियोजन गरिएको छ । जुन आगामी आर्थिक वर्षका लागि मलको अनुदान रकम कम हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
News Desk 0 response आइतवार, असार १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


