

-
रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्ने दिल्लीको राउज एभेन्यु अदालतको आदेशमा दिल्ली उच्च अदालतले रोक लगाएको छ ।
मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्ने अदालतको आदेशविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको रिटमा आफ्नो आदेश नआएसम्मका लागि उच्च अदालतले केजरीवालको धरौटीमा रोक लगाएको बीबीसीले जनाएको छ ।
अदालतले केजरीवालको धरौटी निवेदनमा आफ्नो फैसला सुरक्षित राखेको खबरमा उल्लेख छ । दिल्लीको राउज एभेन्यु अदालतले केजरीवाललाई आजै धरौटीमा छाड्न आदेश दिएको थियो ।
रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा ईडीले दिल्लीका मुख्यमन्त्री केजरीवाललाई गएको मार्चमा पक्राउ गरेको थियो । यसअघि सर्वोच्च अदालतले लोकसभा चुनावका क्रममा केजरीवाललाई २१ दिनको अन्तरिम जमानत दिएको थियो । चुनाव सकिएलगतै उनी जुन २ तारिखमा फेरि जेलमा हाजिर भएका थिए । केजरीवाल तिहाड जेलमा छन्।
News Desk 0 response शुक्रबार, असार ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


