

-
भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक गर्मीका कारण दुई दिनमै ५२ जनाको मृत्यु भएको छ । हिजो र आज ५२ जनाको शव अस्पतालमा ल्याइएको दिल्ली प्रहरीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो निर्धन र गरिब थिए । उनीहरूले खुला ठाउँमा बसेर जीवन गुजारिरहेका थिए ।
गएको मार्चदेखि हिजोसम्म गर्मीका कारण भारतमा १ सय १० जनाको ज्यान गएको छ । अत्यधिक गर्मी भएपछि रक्तसञ्चार नहुने, हातखुट्टा बाउँडिने र मानिसको ज्यान जाने भइरहेको छ । यसलाई ‘हिट स्ट्रोक’ भनिन्छ ।
भारतमा यस गर्मीमा ४० हजार जनाभन्दा धेरैमा ‘हिट स्ट्रोक का घटनाहरू रेकर्ड भएका छन् । पूर्वी र उत्तर भारतमा पछिल्ला दिनमा गर्मीको लहरले जनजीवन अस्तव्यस्त बनाएको छ । गर्मीको बेलामा पानी र बिजुलीको अभावमा मानिसहरू तड्पिरहेका खबरमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले बिरामीहरूको सङ्ख्या बढेको भन्दै सङ्घीय र राज्य सरकारहरूलाई अस्पतालमा थप शय्या उपलब्ध गराउन निर्देशन दिएको छ ।
मौसम विभागले यो महिनाको तापक्रम सामान्यभन्दा माथि हुने अनुमान गरेको छ । नयाँ दिल्लीमा गएको रात ५० वर्षयताकै सबैभन्दा तातो रात मापन भएको छ । दिल्लीको न्यूनतम तापक्रम नै गए राति ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो ।
News Desk 0 response बिहिबार, असार ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


