

-
काठमाडौं : लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो ।
कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको मौसमविद् सरोज पुडासैनीले बताए । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रौतहट, डडेलधुरा, लमजुङ, मोरङ, झापा, सर्लाही, सुनसरी, चितवन र गोरखामा वर्षा भएको छ ।
यस्तै गएराति पनि काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुलीको दुधौलीमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ । अहिले काठमाण्डौसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र मधेश प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
News Desk 0 response बिहिबार, असार ७, २०८१


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२