

-
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका ७ नं. वडा कार्यालय फलाँटेबाट ज्येष्ठ नागरिक वापतको सामाजिक सुरक्षाभत्ता आफूखुसी दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको हुँदा छानविन र अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
वडाअध्यक्ष रमेश खरेल र वडासचिव राम प्रसाद बडाल समेतको मिलेमतोमा सोही वडाकी ७६ वर्षीया बिष्णुलक्ष्मी खरेलले आ।व। २०७६–०७७ साउन महिनादेखि नियमति रुपमा पाउँदै आएको वृद्धभत्ता आ.व. २०८१ साउनदेखि नपाएको विषयमा गत असोजमै गुनासो गर्नुभएको थियो । रोकिएको वृद्धभत्ता रकम एकमुष्ट आउने भन्दै अल्मल्याउँदै आर्थिक वर्ष सकिन लाग्दा पनि उपलब्ध गराउनेतर्फ कुनै पहल नभएपछि बाध्य भएर अख्तियारमा उजुरी हालेको वृद्धा बिष्णुलक्ष्मीले बताउनुभयो । मिति २०८१ जेठ २५ गते दर्ता भएको उजुरी नम्बर सी–०७७३२६ रहेको छ ।२०८१ साउन महिनामा वृद्धभत्ता नविकरणका लागि श्रीमती बिष्णुलक्ष्मी र उहाँको पतिको कार्ड, फोटो र आवश्यक कागजातहरु एकैसाथ वडाअध्यक्षलाई बुझाएकोमा विना आधार र कारण वृद्धभत्ता उपलब्ध नगराएकोमा अख्तियारको ध्यानाकर्षण गराइएको छ । साथै, वडासचिव बडाल कार्यालयमा अनियमित समेत हुने गरेका छन् ।
वडाअध्यक्ष र वडासचिवले नियतवश नाम कटाई वृद्धभत्ता रकम दुरुपयोग गरी आर्थिक हिनामिना गर्नुभएकोले उहाँहरुबाट आफ्नो जिम्मेवारी निर्वाह नगरी वृद्धाअवस्थामा पुगेको व्यक्तिलाई मानसिक यातना र असामाजिक व्यवहार गरेको उजुरीमा उल्लेख छ ।मृतक तथा बसाइसराइ गर्ने व्यक्तिहरुको नाम सामाजिक सुरक्षाभत्ता पाउने सूचीबाट हटाउनुपर्नेमा निजहरुको यथावत राखी भ्रष्टाचार गर्ने मनसायले नियमित रहेकाहरुको सामाजिक भत्ता निकासा नभएको सम्बन्धमा अख्तियारले छानविन अघि बढाएको छ । आफ्नो वडाभित्र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिहरुको अभिलेख राख्ने र नियमित गर्ने दायित्व र कर्तव्य निर्वाह नगर्दा वृद्धवृद्धाहरुले सास्ती व्यहोर्दै आएका छन् ।
News Desk 0 response बुधबार, असार ६, २०८१


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२