

-
सिरहा : स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट हिजोदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’ ,‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम शुरु भएको हो ।
गएको वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाण्डौलगायत देशका विभिन्न शहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप ‘ब्राण्डिङ’ कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवम् वडा नम्बर १२ का वडा अध्यक्ष बद्रीनारायण चौधरीले बताए । लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उनले जानकारी दिए ।
नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाडौंको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रव्यापी अनलाइन माग तथा ुहोम डेलिभरीु का लागि ओयो पसललाई आधिकारिक ‘अनलाइन पार्टनर’ नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिए ।
उनका अनुसार आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्याङ्कनसमेत गरिनेछ । स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य भएको नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले बताए ।
News Desk 0 response आइतवार, असार ३, २०८१


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२