

-
विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) ले युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटाएका छन् ।
इटालीमा हिजोदेखि शुरु भएको जी–७ को ५० औँ शिखर सम्मेलनमा युक्रेनलाई सहयोग जुटाउने विषयमा सहमति जुटेको बीबीसीले जनाएको छ । यो ऋण सहयोग युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्ने छ ।
सहमतिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यो रुसका लागि हामी पछि हटेका छैनौँ भन्ने चेतावनी भएको बताएका खबरमा उल्लेख छ । यद्दपि रुसले यो ऋण सहयोगको सहमतिलाई लिएर यो नतिजा ‘निकै पीडादायी’ हुने बताएको छ ।
यो वर्षको अन्त्यसम्ममा यो ऋण सहयोग जुट्ने आशा नभएको बताइएको छ । तर यसलाई युक्रेनको युद्धको तयारी र उनीहरूको अर्थतन्त्रलाई सहयोग गर्ने दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली सङ्घका सार्थ जी–७ ले झन्डै ३२५ अर्ब डलर बराबरको रुसको सम्पत्ति रोक्का गरेका थिए ।
इटालीमा चलिरहेको जी–७ शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई युक्रेनले ‘ऐतिहासिक’ बताएको खबरमा उल्लेख छ ।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधि सम्मिलित सम्मेलन भोलि शनिवारसम्म चल्नेछ ।
News Desk 0 response शुक्रबार, असार १, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


