

-
काठमाडौं : बङ्ग्लादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी) ले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
बङ्ग्लादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा हिजो बसेको १५ औँ बैठकले नेपालबाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत गरेको बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
अब बङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डले भारतको विद्युत् व्यापार निगम र नेपाल विद्युत् प्राधिकरणसँग त्रिपक्षीय सम्झौता गरेर नेपालबाट बिजुली लैजाने बाटो खुलेको छ । बङ्ग्लादेशले प्रति युनिट ८ दशमलव १७ बङ्ग्लादेशी टाका अर्थात् नौ रुपैयाँ ३० पैसामा बिजुली आयात गर्ने बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालले ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइनबाट बङ्ग्लादेशलाई बिजुली निर्यात गर्नेछ । बङ्ग्लादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइसकेको छैन ।
News Desk 0 response बुधबार, जेष्ठ ३०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


