

-
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित गरेपछि प्यालेस्टिनी विद्रोही समूह हमासले जवाफ दिएको छ ।
अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्तावमा हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको बीबीसीले जनाएको छ । हमास र उसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद ९पीआईजे० ले यो युद्ध अन्त्य गर्ने सहमतिमा पुग्न सकारात्मक वार्ता गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ ।
प्रस्तावमा शुरुवातको छ हप्तासम्म युद्धविराम गर्ने र दोस्रो चरणमा युद्धविराम स्थायी गरिने उल्लेख छ । यसका साथै गाजामा पुनर्निर्माणको काम शुरु गरिने पनि उल्लेख छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले हमासको जवाफले युद्ध रोक्न सहयोग पुग्ने र अमेरिकी अधिकारीहरूले त्यो जवाफको मूल्याङ्कन गरिरहेको बताएका छन् ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ मा युद्ध शुरु भएदेखि त्यहाँ अहिलेसम्म ३७ हजार जनाभन्दा धेरै मानिसको मृत्यु भैसकेको छ ।
News Desk 0 response बुधबार, जेष्ठ ३०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


