

-
काठमाडौँ । स्नातक तह चौथो वर्षको नेपाल अध्ययन विषयको प्रश्नपत्र अङ्ग्रेजीमा सोधेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले आपत्ति जनाएका छन् । मंगलबार भएको नेपाल अध्ययन (एनपीएस ४०४) विषयको परीक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका हुन् ।
उक्त विषयको परीक्षा पहिलो पटक भइरहेको हो । यसको अध्ययन समेत पहिलो पटक भएको त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले जनाएको छ ।
उक्त विषयको सम्पूर्ण कोर्स समेत नेपाली भाषामा नै बनाइएको छ । त्यस्तै पाठ्यक्रम तथा पठनपाठन समेत नेपाली भाषामै हुने गरेको छ । तर, परीक्षामा प्रश्नपत्र भने अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका हुन् ।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्राडा कुसुम शाक्यले पहिलो पटक भएकोले यस्तो भएको बताइन् ।
‘नेपाल अध्ययन नेपालको समग्र अध्ययन भएकाले यो विषयमा अङ्ग्रेजीमा प्रश्न आउनु स्वाभाविकै हो । यसमा विद्यार्थीहरूले कुरा उठाइरहेका छन् । त्यो त्यति सान्दर्भिक देखिँदैन,’ उनले भनिन् ।
एक विद्यार्थीले सबै कुरा नेपालीमै पढेको तर, प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको बताए ।
‘मैले नेपालको संविधान नेपाली भाषामा पढे । किनकि कोर्स समेत नेपालीमै थियो । पढाई पनि नेपाली भाषामै भयो । तर, परीक्षामा प्रश्नपत्र भने अङ्ग्रेजीमा आयो । मेरो गुनासो अङ्ग्रेजीमा प्रश्नपत्र आयो भन्दा पनि विद्यार्थीलाई किन झुक्क्याएको भन्ने हो,’ ती विद्यार्थीले भने ।
News Desk 0 response बुधबार, जेष्ठ ३०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


