

-
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्कटग्रस्त महासागरलाई बचाउनका लागि तत्कालै कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
महासागर दिवसको अवसरमा एक सन्देश जारी गर्दै महासचिव गुटेरेसले अहिले संसारका धेरै महासागर सङ्कटमा परेकाले तत्कालै संरक्षणको आवश्यकता रहेको बताए । समुद्र रहे मात्रै पृथ्वीमा जीवन सम्भव रहेको भन्दै महासचिव गुटेरेसले समुद्रको विनाशमा मानिसकै हात रहेको उल्लेख गरेका छन् ।
समुद्रलाई बिगार्ने काम गर्दा साना द्वीप र तटीय क्षेत्र मात्रै नभई समग्र पृथ्वीकै चक्रमा असर पुग्ने उनले बताए । अहिले पृथ्वीमा सबैलाई अत्याउने गरी बढिरहेका मौसमी घटनाहरूमा पनि समुद्रको विनाश नै जोडिएको महासचिव गुटरेशको भनाइ छ ।
अस्थिर तटीय विकास, अत्यधिक माछा मार्ने, गहिरो समुद्री खानी, अनियन्त्रित प्रदूषण र प्लास्टिक फोहोरले विश्वभर समुद्री पर्यावरणको विनाश गरिरहेको छ । गुटेरेसले विश्वका सरकार, व्यवसाय, लगानीकर्ता, वैज्ञानिक र समुदायलाई बहुमूल्य समुद्री र तटीय पर्यावरण जोगाउन अपिल गरेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ २७, २०८१


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२