

-
इजरायली सुरक्षा फौजले गाजाबाट चार जना बन्धकको उद्धार गरेको जनाएको छ । अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी बिद्रोही समूह हमासले आक्रमण गर्दा बन्धक बनाएकामध्ये चार जनाको सकुशल उद्वार गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विशेष अभियानमार्फत २१, २५, २७ र ४० वर्षका गरी चार जना इजरायली नागरिकलाई मध्य गाजाको छुट्टाछुट्टै ठाउँबाट मुक्त गराएर स्वदेश फर्काएको सेनाले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पनि बन्धक मुक्त भएका स्वीकार गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर इजरायलको यस अभियानमा बालबालिकासहित कैयौंको मृत्यु भएको बताएको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको मृत्यु हुनको साथै दुई सय ५१ जनालाई हमासले बन्धक बनाएको थियो । इजरायली सेनाका अनुसार हमासले अझै पनि एक सय १६ जनालाई बन्धक बनाएर राखेको छ ।
४१ जना बन्धकको ज्यान गइसकेको छ । हमासको आक्रमणपछि इजरायलले गरेको प्रत्याक्रमणमा गाजामा ३६ हजार चार सय ७० जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ २७, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


