

-
काठमाडौं : यस वर्ष सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका केन्याली नागरिक जोशुवा चेरुत्योट किरुतको शव सगरमाथामै छोडिने मृतकको परिवारले जनाएको छ ।
मृतकको परिवारले विज्ञप्ति निकालेर शव रहेको उचाइबाट उद्धार कठिन रहेको र किरुतले हिमालमै रहँदा शान्ति पाउने भन्दै शव उतै छाड्ने बताएका बीबीसीले जनाएको छ । तर परिवारको चाहना भए पनि नेपालको कानुनअनुसार हिमालमा शव छाड्न नपाइने पर्यटन विभागले जनाएको छ ।
आरोही किरुत सगरमाथाको शिखरबाट ४८ मिटर तल आएपछि लडेका थिए । केन्याली नागरिक केरुतको शव देखिएकोले खोजी गर्न नपर्ने विभागले जनाएको छ । केरुतको साथमा गएका शेर्पा भने हराइरहेका छन् । किरुतको शव हिमालबाट निकालेर काठमाडौं ल्याउन एक लाख ९० हजार डलर खर्च हुने अनुमान छ ।
पर्वतारोहीको बीमा गरिएको हुन्छ । परिवारले बीमा रकम लिने तर मृतकको इच्छा भन्दै शव नल्याउने घटना यसअघि पनि भइरहेका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङ झिक्नै असम्भव भएमा बाहेक शव हिमालबाट निकाल्नैपर्ने बताउँछन् ।
यस वर्षदेखि पर्यटन विभागले शवको खोजी गर्न सजिलो होस् भनेर हरेक आरोहीको साथमा चिप्स लैजानुपर्ने नियम लागू गरेको थियो । अहिले सगरमाथामा निकै पुरानासमेत गरी झन्डै दुई सय शव रहेको अनुमान छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


