• धनगढी : सुदूरपश्चिमको धनगढीको तापक्रम बुधबार ४३.३६ डिग्री पुगेको छ । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको हो ।

    जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए ।

    गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।