

-
काठमाडौं : सरकारले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आज आर्थिक विधेयकसँगै भन्सार विधेयक पनि पेस गरेका हुन् । भन्सार विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताअनुसार पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर लगाइने जानकारी दिए । सरकारले पहिलो पटक हरित कर लगाउने तयारी गरेको हो । यसबाट पेट्रोलियम पदार्थ र कोइलाको भाउ बढ्नेछ ।
यस्तै सरकारले सुर्ती–चुरोट र जाँड–रक्सीमा अन्तःशुल्क बढाएको छ । यस्तै सरकारले आलु, प्याज र स्याउलगायतका कृषिजन्य वस्तुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । सरकारले चालू आर्थिक वर्ष आलु, प्याज र स्याउलगायतका कृषिजन्य वस्तुमा भ्याट लगाउँदा मूल्य बढेको थियो ।
यस्तै सरकारले औषधि, इन्डक्शन अर्थात् विद्युतीय चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनेटरी प्याड, काजु, बदाम र स्प्रिङ पत्ता बनाउने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको भन्सार महसुल र अन्तःशुल्क घटाएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



