

-
काठमाडौं : आउँदो आर्थिक वर्षको बजेट आज आउँदैछ । संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ मा सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले स्रोत अभावकाबीच आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट ठूलो आकारकै ल्याउने तयारी गरेको छ ।
बजेट वक्तव्यका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले झण्डै साढे १९ खर्बको बजेट पेस गर्ने गरी तयारी भएको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्बको सीमामा रहेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सुझाएको थियो । तर सरकारले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट ल्याएको थियो ।
सुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षामार्फत् बजेट घटाउँदै आएको छ । करका दरभन्दा पनि दायरा बढाउने भनिए पनि त्यसमा विशेष कार्यक्रमको सम्भावना नयाँ बजेटमा न्यून देखिन्छ । यद्यपि विद्युतीय गाडी र बढी मूल्यका अरू गाडीमा भने केही कर बढाउने तयारी छ ।
राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने सरकारको तयारी छ । सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ । त्यस्तै सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटर व्याज, लघुवित्त र सहकारीका समस्या समाधान सम्बोधन तथा जलवायु अनुकूलन क्षमता बढाउनेलगायतका कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट आउने देखिन्छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



