

-
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा युद्ध अपराधलाई लिएर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्रीसहित हमासका नेताका लागि पक्राउ पुर्जी माग गर्ने बताएको केही आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा गरेका छन् ।
प्यालेस्टिनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै देशको भ्रमण गरेका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदमले मध्यपूर्व द्वन्द्वका लागि दुई–राज्य समाधानलाई पुनर्जीवित गर्ने प्रयासलाई बलियो बनाउने बताए । इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया दिँदै तीन वटै देशबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको छ ।
यससँगै प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलले चेतावनी दिएको छ । इजरायलको विदेश मन्त्रालयले हिजो आयरल्यान्ड, नर्वे र स्पेनसँग इजरायलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने बताएको हो ।
यी देशले आउने हप्तादेखि प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरका थिए । प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने हो भने प्यालेस्टिनी विद्रोहीले गाजामा राखेका बन्धकहरूको रिहाईका लागि सम्झौता अघि बढाउन थप कठिन हुने इजरायलले प्रतिक्रिया दिएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


