

-
काठमाडौं : लाइसेन्स प्रकरणमा मुछिएका दुई जना कर्मचारी धरौटीमा छुटेका छन् । उनीहरुलाई हिरासतमा रहेका शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत अधिकृत नारायण प्रसाद पाण्डे जनही ५ लाख धरौटीमा रिहा भएका हुन् । न्यायाधीश दुर्गालाल भुसालले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टसँग अदालतले २ लाख धरौटी मागेको छ । तर, लाइसेन्स घोटालाबारे भट्टविरुद्धको अर्को मुद्दा नटुङ्गिएको हुनाले उनलाई हिरासतमा नै राखिएको प्रहरीले जनाएको छ । भट्टसहितका कर्मचारीहरू विरुद्ध सीआईबीले रकम असुलेर लाइसेन्स द्रुत छपाई गरेको आरोमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
बुटवल प्रहरीको हिरासतमा थुनामा रहेको बेला शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले कम्यूटर अपरेटर नारायण प्रसाद पाण्डेसहित ७ जनालाई प्रतिवादी बनाएको थियो । पक्राउ परेका ३ जना, रुपन्देही घर भएका २८ वर्षीय अकरामुद्दिन मुसलमान, पाल्पा घर भएका २० वर्षीय शशाङ्क बस्याल र पाल्पा घर भएका ५१ वर्षीय ठानेश्वर बस्याल र रुपन्देही घर भएका अरुण कार्की भन्ने लट्टु नाउलाई फरार प्रतिवादी कायम गरिएको थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


