-
काठमाडौं ।
नागरिकताको उजुरी परेपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रबी लामिछानेसँग पटक पटक भेट्न खोजेका थिए । गृहमन्त्री भेट्नलाई सिरोहियाले बिभिन्न स्रोत पनि परिचालन गरेका थिए । अरु पार्टीका नेताहरुसँग धेरै छलफल र भेटघाट भईरहेको छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेटघाट हुन पाएको छैन भन्दै सिरोहियाले पत्रकारहरु पनि परिचालन गरेका थिए । तर, लामिछाने ती पत्रकारलाई पत्रकारकै रुपमा भए भेटौं नत्र अरुसँग भेट आवश्यक छैन भन्ने जवाफ दिएका थिए । सचिवलायले यो सूचना लैजाँदा पनि उनले वेवास्ता गरेका थिए ।
नागरिकताको बिषयमा कैफियत रहेको सिरोहिया आफैलाई पनि थाह थियो । उनले उजुरी पछि दिएको स्पष्टिकरणमा पनि नागरिकतामा समस्या भएको बताएका छन् ।
बिगतमा झै समाचार लेखेरै तह लगाउने योजनामा रहेका सिरोहियाले लामिछानेलाई पनि सोही अनुरुप प्रयोग गर्न खोजेका थिए । तर, त्यो प्रयास सफल हुन सकेको थिएन । उनले पूर्वप्रहरीहरु पनि परिचालन गरेर आईजीपीमार्फत पनि गृहमन्त्री भेट्न खोजेको एक पूर्व प्रहरी अधिकृतले खुलासा गरेका छन् । ‘हरेक नेताको समाचार लेखेपछि मिलाईदिन पर्यो भन्दै दलाली गर्ने खुव मान्छे आउथे तर, रवि लामिछानेको त कोही पनि आउँदैनन् यार । यो मापाका छ कि क्या हो’ सिरोहियाको भनाई उद्घृत गर्दै एक पूर्व प्रहरी अधिकृतले बताएका थिए ।
त्यसोत उनको नागरिकताको बिषयमा पहिलो पटक समाचार लेख्ने उकेरा डटकमका सम्पादक केपी ढुंगानाले पनि समाचार आएपछि श्रीमती मार्फत धम्क्याएको बिषय टुईटमा उल्लेख गरेका छन् । सिरोहियाले पक्राउ पूर्जी जारी भएपछि पनि रवि लामिछाने बिरुद्ध लेखेको आधारमा प्रहरी प्रयोग गरेको स्पष्टिकरण दिनुले पनि थप शंका पैदा गरेको छ । किनभने उनको नागरिकताको बिषय बोलेका छैनन् ।
नागरिकतामा समस्या भएपछि आफै गएर यो बिषयमा सरकारी निकायमा जानकारी गराउन पर्ने भएपनि उनले त्यसोत गरेका छैनन् । शक्ति र पहुँचका भरमा आफ्नो रवाफले उनलाई अहिले समस्या पारेको देखिन्छ ।
उजुरीको बिषय
कैलाश सिरोहियाविरुद्ध गत वैशाख १६ गते नागरिकतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । सिरोहिया र धनुषाकै शिवजी साहु तेलीको नागरिकता नम्बर एउटै भएको, सिरोहियाले दुईवटा नागरिकता लिएको र विभिन्न ठाउँमा फरक–फरक नागरिकता नम्बर उल्लेख गरेको भन्दै जाहेरी परेको हो ।
जाहेरी दर्ता भएको भोलिपल्ट सिरोहियाले विज्ञप्ति जारी गर्दै खण्डन गरेका थिए । विज्ञप्तिमा उनले २०३४ सालमा नागरिकता लिएको र नेपाली कागज पुरानो भएकाले २०५७ मा प्रतिलिपी निकालेको उल्लेख गरेका छन् । २०१९ सालमा जन्मिएका सिरोहियाले उमेर नपुग्दै २०३४ सालमै कसरी नागरिकता लिए भन्ने प्रश्न उठ्यो । त्यसबेला नागरिकता लिने उमेर हद १८ वर्ष थियो ।
२०३४ सालमा आफुले नागरिकता लिएको र त्यसको दुई वर्षपछि नागरिकता लिएका व्यक्तिको नम्बर मिल्नुमा आफ्नो कुनै दोष नरहेको सिरोहियाको दाबी थियो । यस्तै विभिन्न कम्पनीहरुमा फरक–फरक नागरिकता नम्बर उल्लेख भएकोमा उनले प्राविधिक गडबडी बताएका थिए ।
तर सिरोहिया आफैंले केही दिनपछि सामाजिक सञ्जालमा आफ्नो नागरिकताको प्रतिलिपि राखे । त्यसमा उनको नागरिकता जारी मिति २०३६ साल भदौ २५ गते देखिन्छ ।
यसअघि ३४ सालमा नागरिकता लिएको बताएका उनले ०३६ सालमा लिएको नागरिकताको फोटो राखेपछि शंसय बढेको थियो । शिवजी साहु तेलीको नागरिकता जारी मिति २०३६ भदौ २० गते रहेको छ । यसअनुसार तेलीले नागरिकता पाएको ५ दिन पछि सिरोहियाले त्यही नम्बरबाट नागरिकता लिएको पाइयो ।
News Desk 0 response बुधबार, जेष्ठ ९, २०८१
सिरोहियाले पाएको वंशजको नागरिकताका विषयमा पनि प्रश्न उठेको छ । उनको पिता घाँसीराम सिरोहिया अंगीकृत नागरिक थिए । तत्कालीन कानूनअनुसार सिरोहियाले वंशजको नागरिकता लिन उनको क्राइटएरिया नपुग्ने प्रहरीको स्रोतको दाबी छ ।
सम्बन्धित शीर्षकहरु
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
मङ्लबार, अशोज २२, २०८१राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
मङ्लबार, अशोज २२, २०८१-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
मनसुन अझै केही दिन रहने : पूर्वी..
शनिबार, अशोज १९, २०८१