

-
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा नेपालले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
विभागका अनुसार १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गएको आर्थिक वर्षको १० महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्ब रुपैयाँको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी देश चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको छ । १० महिनामा चीनसँग दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको पेट्रोल, ५६ अर्ब ८० करोड बराबरको डिजेल र रु ४६ अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यही अवधिमा २४ अर्ब एक करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैँची छ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड रुपैयाँ बराबर छ ।
News Desk 0 response सोमवार, जेष्ठ ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



