• काठमाडौं : गृहमन्त्री रवि लामिछानेलाई अवहेलनाको कारबाही गर्न माग गरेर नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् ।

    हिजो प्रतिनिधि सभाको बैठकमा आफूमाथि रातो पासपोर्ट बेचेको जस्तो गम्भीर आरोप लगाएकोले लामिछानेमाथि अवहेलनाको कारबाही गर्न कांग्रेसका नेता गुरुङले निवेदन दिएका हुन् । रातो पासपोर्टको मुद्दामा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई लामिछानेले तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेको गुरुङको दाबी छ ।