

-
अमेरिकी अर्बपति एलन मस्क इन्टरनेट सेवा शुभारम्भका लागि इन्डोनेसिया पुगेका छन् । मस्कको कम्पनी ‘स्टारलिङ्क’ को इन्टरनेट सेवा संसारमै तीव्र गतिको र भरपर्दो मानिन्छ । इन्डोनेसियामा स्टारलिङ्कको इन्टरनेट सेवा शुरु गर्न एलन मस्क आज बिहान बाली पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
स्याटेलाइट कम्पनी ‘स्पेसएक्स’ र विद्युतीय गाडी ुटेस्लाु का प्रमुखसमेत रहेका अर्बपति मस्कले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगै आज एक सामुदायिक स्वास्थ्य केन्द्रमा स्टारलिङ्क इन्टरनेटको उद्घाटन गर्ने कार्यक्रम छ ।
इन्डोनेसियाका लगानीमन्त्री लुहुत बिनसर पन्जायतनले बालीको विमानस्थलमा मस्कलाई स्वागत गर्दै अब देशको इन्टरनेट सेवा अर्को चरणमा पुग्ने बताएका छन् । दक्षिण पूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश इन्डोनेसियाको सबै जनसङ्ख्यामा इन्टरनेटको समान पहुँच पुर्याउन मस्कको कम्पनीको उपस्थिति महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ ।
ठाउँ–ठाउँमा स–साना डिभाइस राखेर स्टारलिङ्क कम्पनीको इन्टरनेट विस्तार गर्न सकिन्छ । अब इन्डोनेसियाका १७ सय वटा टापुसहित शहरी तथा दुर्गम क्षेत्रमा बस्ने २७ करोड जनाभन्दा धेरै मानिसले द्रूत गतिको इन्टरनेट सुविधा पाउनेछन् । यसले देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने सरकारी अधिकारीले बताएका छन् ।
दक्षिण पूर्वी एशियामा स्टारलिङ्कको इन्टरनेट जडान गर्ने इन्डोनेसिया तेस्रो देश हो । मलेसिया र फिलिपिन्सले यसअघि नै स्टारलिङ्कको इन्टरनेट सेवा शुरु गर्न सम्झौता भइसकेको छ ।
News Desk 0 response आइतवार, जेष्ठ ६, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


