

-
काठमाडौं : सहकारी संस्थाको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आज पनि सहमति हुन सकेको छैन ।
बिहानैदेखि दुईपक्षीय र बहुपक्षीय छलफल भए पनि दलहरूबीच सहमति हुन नसकेको हो । छानबिन समिति बनाउनका लागि कार्यादेश तय गर्न दलहरूबीच हिजै कार्यदल गठनको सहमति भएको थियो । तर कार्यदलले आज पनि कार्यादेश टुङ्गो लगाउन सकेन ।
नेपाली कांग्रेसले संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेकै नाम जोडेर अनुसन्धान हुनुपर्ने अडान लिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेको नाम उल्लेख हुन नहुने र समस्याग्रस्त सबै सहकारीको एकमुष्ट छानबिन हुनुपर्ने बताएको छ ।
बिहान भएको छलफलमा छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने तर उनी संलग्न भएको सहकारीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर दिउँसो नेपाली कांग्रेसले आन्तरिक बैठक बसेर रवि लामिछानेकै नाम किटान गरेर अनुसन्धान हुनुपर्ने अडान दोहोर्याएपछि सहमति हुन नसकेको हो ।
दलहरूबीच सहमति हुन नसक्दा आज पनि संसद् बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सरेको थियो तर ४ बजे पनि सहमति हुन नसकेपछि बैठक भोलिसम्मका लागि सरेको हो । लामो समयदेखि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
यसैबीच दलहरूबीच सहमति नजुटेकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुने देखिएको छ । जनता समाजवादी पार्टी नेपाल फुटेपछि उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । त्यसैले भोलि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । तर आजसम्म दलहरूबीच सहमति नजुटेकाले भोलि प्रचण्डले विश्वासको मत लिने कार्यसूची नै प्रभावित हुने देखिएको हो ।
प्रधानमन्त्री प्रचण्डले डेढ वर्षको अवधिमा भोलि चौथो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि तीन पटक विश्वासको मत लिइसकेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ ६, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


