

-
रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभको नौ वटा गाउँ कब्जा गरेको छ । पछिल्ला केही दिनदेखि आक्रमण तीव्र बनाइरहेको रुसले नौ वटा बस्ती कब्जा गरेर अहिले खार्किभ नजिकैको उत्तर–पूर्वी सीमावर्ती शहर भोभचान्स्कमा प्रवेश गरेको बीबीसीले जनाएको छ ।
युक्रेनले पनि अहिले भोभचान्स्कमा ठूलो लडाइँ चलिरहेको जनाएको छ । यो शहर खार्किभबाट ७४ किलोमिटर टाढा छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा भएको पूर्ण आक्रमणपछि रुसले अहिले छोटो समयमा धेरै युक्रेनी भूमि कब्जा गरेको खबरमा उल्लेख छ ।
भोभचान्स्कबाट हजारौँ नागरिक खार्किभतर्फ भागिरहेका छन् । रुसले खार्किभ नजिकै पुगेर हवाई प्रतिरक्षा प्रणालीसहितको तोपखाना स्थापना गर्ने तयारी गरेको छ । यदि रुसले तोपखाना स्थापना गरेमा युक्रेनका लागि ठूलो खतरा हुनेछ ।
रुसले अहिले खार्किभ नजिकै पाँच वटा बटालियनका ३० हजार जना सैनिक लडाइँमा खटाएको छ । युक्रेनले भने अब रुसलाई अघि बढ्न नदिने बताउँदै दैनिक एक सय जना रुसी सैनिकको ज्यान गइरहेको दाबी गरेको छ ।
पछिल्ला केही महिनादेखि अमेरिका र युरोपेली देशले युक्रेनलाई सहयोग नदिँदा युक्रेनी सेना कमजोर बन्दै गएको छ । तर भर्खरै मात्र अमेरिकाको संसद्ले युक्रेनका लागि ६१ अर्ब डलर बराबरको सहायता पारित गरेकाले अब युक्रेनले रुसमाथिको आक्रमण बढाउने बीबीसीले जनाएको छ ।
News Desk 0 response सोमवार, बैशाख ३१, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


